रियलमीद्वारा पहिलो पटक ८२८ फ्यान फेस्टिवल आयोजना

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल आयोजना गरेको छ । रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो ।
रियलमी ८२८ फ्यान फेस्टिभल आयोजना गर्नुको मुख्य उदेश्य रियलमी फ्यानहरूसँग अझ नजिक हुन र रियलमी परिवारलाई सामाजिक गतिविधिहरू जस्तै पदयात्रा र वातावरणीय सरसफाई अभियानमा संलग्न गराएका थिए । ८२८ फ्यान फेस्टिभल रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनका साथ दिनभर मनाइयो । कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीको र हेनरी साथ रियलमी फ्यान र केही मिडिया व्यक्तित्वहरू सहभागी थिए ।
कार्यक्रमको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले भने, यो कार्यक्रम पूर्ण रूपमा रियलमी फ्यानहरूको लागि आयोजना गरिएको हो । रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ । हामीलाई आशा छ यस कार्यक्रममा उनीहरुले रमाइलो गर्नु भयो होला । भविष्यमा पनि हामी यस्तै कार्यक्रमहरू आयोजना गर्ने वाचा गर्दछौं जहाँ हामी हाम्रा ग्राहकहरूको वास्तविक प्रतिक्रिया लिन सक्छौं ।
यस कार्यक्रमको प्रमुख आकर्षण हाइकिङ, वातावरण सरसफाई र ‘फोटो अफ द डे’ प्रतियोगिता रहेको थियो जहाँ समिन श्रेष्ठले फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताको रूपमा रियलमी सी३० जित्न सफल भएका थिए । यसको साथै ८२८ विभिन्न खेलहरू, गिफ्ट ह्याम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदान प्रदान गरि मनाइएको थियो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया