दशैं-तिहारलक्षित स्काइवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’
काठमाडाैं । केएलदुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दशैं-तिहारको अवसरमा स्काइवर्थ (Skyworth) होम अप्लायन्समा ‘क्यासब्याक दनादन, उपहार टनाटन’ क्याम्पेन सार्वजनिक गरेको छ ।
यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
विगत ५ वर्षदेखिस्काइवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ । स्काइवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।
स्काइवर्थले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्नेस्काइवर्थको विश्वास रहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया