दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित
सिन्ह्वा । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो ।
यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए ।
यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी संक्रमित पाइएका छन् । सुरुका पहिलो र दोस्रो लहरमा संक्रमित नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ ।
यहाँ ओमिक्रोन भाइरसको संक्रमण निकै तीव्र गतिमा बढेको पाइएको हो । तर पछिल्ला केही दिनमा भने सो संक्रमण दर घट्दै गएको बताइएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया