एसएस फाउन्डेसनद्वारा दोलखाका तीन विद्यालयलाई झोला सहयोग
दोलखा । एसएस फाउन्डेसनले दोलखाका तीनवटा विद्यालयलाई दुई सय ९८ वटा स्कुल ब्याग शनिबार हस्तान्तरण गरेको छ । राप्रपाका केन्द्रीय सदस्य सोभित उप्रेती र नेता दिलविकास राजभण्डारीले संस्थाका अध्यक्षसमेत रहेका कलाकार मदनदास श्रेष्ठ र दोलखाका एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धरलाई फाउन्डेसनले झोला हस्तान्तरण गरेका हुन् ।
तिखतल प्रावि, त्रिपुरा सुन्दरी निमावि र तम्राकौशिक विद्यालयका विद्यार्थीहरूलाई उक्त झोलाहरू वितरण गरिने छ । झोला दोलखा एमालेका उपाध्यक्ष मानन्धरको व्यवस्थापन र यस संस्थाका अध्यक्ष श्रेष्ठबाट वितरण गरिनेछ ।
एसएस फाउन्डेसनले देशका विभिन्न स्थानमा सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि देशैभरी एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए ।
यसअघि एसएस फाउन्डेसनले डोटीको केआई सिंह गाउँपालिका ४ मा अवस्थित झिमे मालिका विद्यालयलाई २२ सय झोला उपलब्ध गराएको थियो ।
त्यस्तैगरी दोलखाका विभिन्न गाउँपालिकाअन्तर्गत १० वटा विद्यालयलाई पनि २१ सय झोला वितरण गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया