नेपाल टि–ट्वान्टी : यी हुन् ६ टोलीका मार्की खेलाडी
काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि–ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की ६ वटै खेलाडी अनुबन्ध गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले ६ टोलीका मार्की खेलाडी सार्वजनिक गरेको हो ।
पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेडले सहभागिता जनाउँदैछन् ।
काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्रसिंह ऐरी र विराटनगरले रोहित पौडेललाई अनुबन्ध गरेको छ ।
यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ ।
नेपाल टि–ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया