टी–२० एसिया कपको उपाधि श्रीलंकाको पोल्टामा
काठमाडौं । टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकाको पोल्टामा परेको छ । गएराति सम्पन्न खेलमा चीरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई १७१ रनको लक्ष्य दिएकोमा निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनाउन सक्यो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५, इफित्खार अहमदले ३२ र हरिस रौफले १३ रनको योगदान दिए । कप्तान बाबर आजम दोहोरो रनसमेत जोड्न नसकी ५ रनमै आउट भए ।
यसक्रममा श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट, स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ र चामिका करुणारच्नेले दुई र महेथ थिक्सेनाले १ विकेट लिए ।
श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनायो । श्रीलंकाका भानुका राजपक्षेले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए बनाए भने वानिन्दु हसरंगाले ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन जोडे ।
श्रीलंकाले सन् २०१४ पछि पहिलोपटक एसिया कप हात पारेको हो । यसअघि उसले ६ पटक यस्ता उपाधि पोल्टामा पारिसकेको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया