तनहुँमा पत्रकारको १० लाखको बीमा
तनहुँ । व्यास नगरपालिका कार्यालयले जिल्लामा कार्यरत सक्रिय पत्रकारका लागि रु १० लाख बराबरको दुर्घटना र स्वास्थ्य बीमा गरिदिने भएको छ । गत वर्षदेखि पत्रकारको बीमा सुरु गरेको नगरपालिकाले यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिन लागेको हो ।
नगरपालिका कार्यालयले गतवर्ष जिल्लाभरिका ६५ जना पत्रकारको प्रतिपत्रकार रु १० लाखको बीमा गरिदिएको नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिए । नगरपालिका कार्यालयले रु नौ लाखको दुर्घटना र रु एक लाख बराबरको औषधि बीमा गरिदिएको उनले बताए ।
व्यास नगरपालिका कार्यालयले जिल्लाका सञ्चारकर्मीहरुका लागि लोककल्याणकारी विज्ञापन र स्वास्थ्य बीमा कार्यमा सहयोग गर्दै आएको छ । जिल्लाका अन्य पालिकाले पनि यस कार्यबाट पाठ सिक्नुपर्ने अवस्था आएको अध्यक्ष पौडेलले बताए । नगरपालिकाले गरेको निर्णयप्रति अध्यक्ष पौडेलले धन्यवाद व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको सिफारिसका आधारमा यस वर्ष पनि क्रियाशील पत्रकारको बीमालाई निरन्तरता दिन लागिएको व्यासका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । रिपोर्टिङको सिलसिलामा यत्रतत्र कुदिरहने पत्रकारलाई सुरक्षा प्रदान गर्ने उद्देश्यअनुरूप नगरपालिकाले निर्णय गरी उक्त सुविधा प्रदान गर्न लागेको नगरप्रमुख न्यौपानेले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया