खादा निरुत्साहित गर्दै मध्यविन्दु नगरपालिका
नवलपुर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ ।
मध्यविन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाइ अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणागर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए ।
नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा प्रयोग नगर्न पत्राचार गरेको नगरप्रमुख अधिकारीले बताए । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोग नगर्न तथा नगराउन नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गरेका छन् ।
अतिथि सत्कारमा प्रयोग गरिने खादा अन्य कुनै पनि प्रयोजनमा काम नलाग्ने र त्यसको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले खादामुक्त नगर निर्माण गर्न लागिएको अधिकारीले उल्लेख गरे ।
विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि खादाको विकल्पमा फूल, माला तथा अन्य उपयोगी सामग्री प्रयोग गर्न सकिने पनि अधिकारीको भनाइ छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया