कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा
काठमाडौं । लामो समयदेखि भुक्तानी हुन नसकेको कोरोना बीमाको बाँकी दावी भुक्तानीका लागि सरकारले १ अर्ब निकासा गर्ने भएको छ । अर्थमन्त्रालयले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको बीमा समितिले जानकारी दिएको छ ।
गतसाता मन्त्रिपरिषद्को १ अर्ब निकासा गर्ने निर्णय भएसँगै अब भुक्तानी हुने भएको हो । बीमा समितिका अनुसार रकम भने खातामा अइसकेको छैन ।
कोरोना बीमा मार्गनिर्देशन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेको थिए । जसमध्ये १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।
दाबी रकममध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिसमेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएको छ । अब सरकारको दायित्वमा १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी तिर्न बाँकी छ । साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया