घुस लिएको आरोपमा अख्तियारद्वारा आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्तामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु तीन हजार घूस लिएको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडासचिव मोहम्मद सिद्दिकविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगको बुटबल कार्यालयबाट खटिएको टोलीले निज सिद्दिकलाई गत पुस २ गते सेवाग्राहीसँग घूस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो ।
वडासचिव सिद्दिकलाई रु तीन हजार बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया