तोलामा ७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । केहि दिनयता लगातार घटेको सुनको मूल्य बुधबार पनि तोलामा ७ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलाको ११ सय ८५ रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया