नबिल बैंकले ल्यायो बालबालिकालक्षित एपमा आधारित ‘नबिल जेन अल्फा’
काठमाडाैं । राष्ट्रिय बालदिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलोपटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम ल्याएको छ । बैंकले आज काठमाडौंमा एक कार्यक्रमकाबीच सो स्किम ल्याएको हो ।
नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडरमा समाजसेवी प्रिन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, र प्रमुख कार्याकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानालगायतको उपस्थितिथमा सो स्किमको सार्वजनिक भएको हो । नबिल जेन अल्फा १८ वर्षभन्दा मूनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरी ल्याएको नेपालकै पहिलो डिजिटल एपपमा आधारित स्किम हो । अभिभावकहरुले यस एपमार्फत आफ्ना बालबालिकाहरुका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाहरुले पनि दिएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको खातामा अभिभाकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।
नबिल जेन अल्फा बजतखाताबाट बालबालिकाहरुलाइ आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्वेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउनका लागि विशेष भूमिका निभाउने विश्वास बैंकले लिएको छ ।
बैंकका अनुसार यस योजनाअन्तर्गत नबिल बैंककमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकहले खाताबाटै तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा तथा बालबालिकालाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्वेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्ति पश्चात पुरुस्कृत पनि गर्न सकिने जस्ता सुविधाहरु प्रदान गरिएको बैंकले जनाएको छ ।
नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरु सहभागी हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने छ । त्यसैगरी यस खाता सम्बन्धी विस्तृत जानकारी तथा नबिल जेन अल्फा एपको प्रयोगसम्बन्धी थप जानकारीको लागि नबिल बैंकको वबसाइट अथवा नबिल बैंकको कस्टुमर केयरको आधिकारिकक नं. ०१५९७००१५ तथा नबिकको शाखाबाट सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
-
कांग्रेसले आफ्नो भूमिकाबारे पुनर्विचार गर्नुपर्छ : उपाध्यक्ष पौडेल
-
सुर्खेत बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते
प्रतिक्रिया