त्रिभुवन विमानस्थलमा चिनियाँ जहाजको ‘ओभरसुट’
काठमाडौं । चीनको सिन्जोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आउँदै गरेको सिचुवान एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ ।
विमानस्थलका एक अधिकारीका अनुसार ‘हाइ एप्रोच’का कारण उक्त जहाजले ओभरसुट गरेको हो । अर्थात् अवतरणका लागि रनवेको ‘टचडाउन जोन’ मा एंगल नमिल्दा जहाज पुनः फर्किनुपरेको हो ।
सामान्यतया जहाज अवतरण गर्दा जहाजको ल्याण्डिङ गियर धावनमार्गको ‘टचडाउन जोन’सँग सम्पर्कमा आउनुपर्छ । यो नभएको खण्डमा जहाज धावनमार्गबाट बाहिर जान सक्ने सम्भावना हुन्छ ।
जहाजलाई धावनमार्गबाट बाहिर जाने खतराबाट राेक्न पाइलटले ‘ओभरसुट’ गरेको हुनसक्ने ती अधिकारीले बताए ।
कार्गो बोकेर आएको उक्त जहाजमा यात्रु सवार छैनन् ।
यसैबीच, काठमाडौंमा केही फन्का मारेपछि विमानले त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया