ढाकामा भारी वर्षा, होचा बस्ती डुबे
काठमाडौं (एजेन्सी) । बङ्गलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन् ।
वर्षाका कारण सडक यातायात अवरुद्ध भएको छ ।
दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरका केही भागका सडक, गल्ली र सहायक गल्लीहरूमा करिब दुई फिट गहिरो पानी जमेको छ । यसले गर्दा यात्रुहरूलाई निकै सास्ती भएको छ ।
ढाकामा पछिल्लो २४ घण्टा अर्थात् स्थानीय समयअनुसार बुधबार बिहान ६ बजेसम्म ५३ मिलिमिटर वर्षा भएको देशको मौसम विज्ञान विभागले जनाएको छ ।
बङ्गलादेशमा मनसुन सक्रिय रहेकाले देशभर मध्यमदेखि भारी वर्षासमेत भएको छ ।
बङ्गलादेशको मौसम विज्ञान विभाग (बीएमडी) ले आगामी २४ घण्टामा शहर र उपनगरीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया