१३ वर्षीय सजन पाँच दिनदेखि बेपत्ता
काठमाडौं । १३ वर्षीय सजन महर्जन पाँच दिनदेखि बेपत्ता छन् । पाँच दिन बितिसक्दा पनि फेला पर्न नसकेको उनका आफन्तले बताएका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. २, कैलाशचौरमार्ग, लाजिम्पाटबाट २०७९ भदौ २६ गते आइतवार बिहान करिब ७ बजेको समयमा उनी कसैलाई केही थाहा नदिइ कोठाबाट निस्किएका थिए । त्यसपछि सजनको कुनै अत्तोपत्तो छैन ।
उनकी आमा कोपीला महर्जनले आफ्नो एकमात्र छोरा हराएको हुँदा खोजतलास गरी पाउँ भनी प्रहरी बृत्त दरवारमार्ग र सोह्रखुट्टेमा भदौ २७ गते निवेदन दिएको बताइन् ।
पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा कक्षा ७ मा अध्ययनरत सजन आइतवारदेखि विद्यालयमा अनुपस्थित रहेका छन् । सजनलाई कोही कसैले देखेमा वा भेट्टाएएमा नजिकको प्रहरी, आमसञ्चार वा परिवारलाई खबर गरिदिन आमा कोपीला (९८२३६०८९२४) ले अपील गरेकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया