चोलेन्द्रलाई पूरक प्रश्न गर्न एमालेले रोक्यो, बयानमा हस्ताक्षर गराइँदै
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग छानबिन संसदीय समितिले पूरक प्रश्न नगर्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार, चोलेन्द्रलाई पूरक प्रश्न नसोधिने भएको हो ।
जबरालाई पूरक प्रश्न सोध्ने प्रयोजनार्थ शुक्रबार बिहान ९ बजे समिति बैठक सुरु भएको थियो । तदनुरूप एमाले सांसद ज्येष्ठ सदस्य रामबहादुर थापाले आफ्नो प्रश्न सोध्ने तयारी गरे । तर एमाले सांसद्ले उनलाई पूरक प्रश्न गर्न दिएनन् । चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा हस्ताक्षर गराउनुपर्ने, त्यसपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र प्रश्नका सूची तयार पारेर मात्र पूरक प्रश्न सोध्नुपर्ने एमाले माग छ ।
एमालेको मागपछि अहिले पूरक प्रश्न गर्ने कार्यतालिका बदलेर चोलेन्द्रले यसअघि दिएका बयानमा हस्ताक्षर गराउने तयारी गरिएको छ । जारी बैठकमा अहिले चोलेन्द्रले लिखित बयानबारे प्रष्टीकरण दिइरहेका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया