आइएमईको दोस्रो हप्ताको विजेता सार्वजनिक
काठमाडौं । चाडपर्वको अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत कम्पनीले विजेता सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नतिजा अनुसार अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरुले उपहार स्वरुप २५ हजार प्राप्त गर्नेछन् ।
त्यसैगरी, सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट भएका छन् । उनीहरू प्रत्येकले एक/एक सामसुङ मोबाइल सेट उपहार स्वरूप प्राप्त गर्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया