भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला ?
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपाल आयल निगमलाई पठाएको छ । आइओसीले पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैयाँ र डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको छ ।
आइओसीले इन्धनको मूल्य घटाएर पठाएपनि आयल निगमले भने तत्काल मूल्य घटाउने स्थिति देखिँदैन । यसभन्दा अघि निगमले भदाै १६ गते मूल्य समायोजन गरेको थियो । हाल पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री भइरहेको छ ।
आयल निगमले इन्धनमा उच्च घाटा व्योहोर्दै आएको बताउँदै आएको छ । निगमले आइओसीलाको बक्यैता रकम भुक्तानी गर्दै इन्धनको आपूर्ति सहज गर्नुपर्ने विषय थप चुनैती बन्दै गएको जनाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया