प्रतिनिधिसभा बैठक सुरु, सम्बोधन गर्दै शीर्षनेता
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । बैठक अहिले १ः३० बजे प्रारम्भ भएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
यसैगरी अधिवेशन समापनका अवसरमा दलीय आधारमा सांसदहरुले आ–आफ्नो भनाइ राख्नेछन् ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभाको चालू ११औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया