क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु
काठमाडौं (एजेन्सी) । इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कस स्थित अन्तरराष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ ।
बेलायत स्थित युद्ध पर्यवेक्षक, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएअनुसार सो आक्रमण दमास्कसको ग्रामीण इलाका र सय्यदा जैनाब क्षेत्रमा लक्षित थियो ।
त्यस क्षेत्रमा लेबनानमा रहेको शिया आन्दोलन र पार्टीसँग सम्बन्धित गतिविधि केन्द्रित बताइएको छ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया