खानीमा भएको विस्फोटमा परी कोलम्बियामा १३ जनाको मृत्यु

सिन्ह्वा । कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो ।
सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।
ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया