निर्वाचन नगरी सहमतिमा मकवानपुर कांग्रेस सभापति भए लामा
काठमाडौं । दोस्रोपटक निर्वाचन नै नगरी सहमतिमा बुद्ध लामालाई मकवानपुर कांग्रेस सभापति चयन गरिएको छ । पहिलो चरणमा सबैभन्दा बढी भोट ल्याउने लामालाई सहमतिका आधारमा सभापति चयन गरिएको हो ।
सभापतिका लागि पहिलो चरणमा खसेको १ हजार ७ सय ७५ मतमा लामाले ५९२, दोस्रो भएका आनन्दराम पराजुलीले ५४५ र तेस्रो हुने जयराम लामिछानेले ५३१ मत ल्याएका थिए ।
विधान अनुसार दोस्रो चरणमा लामा र पराजुलीबीच पुनः प्रतिस्पर्धा हुनुपर्ने थियो । तर कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र वाग्मती कांग्रेस सभापति इन्द्र बानियाँले सहमतिमै सभापति चयन गरेका हुन् ।
दोस्रो बढी मत ल्याएका पराजुलीलाई आगामी स्थानीय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमति भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया