कञ्चनपुरमा तीन जना मृत फेला
काठमाडौं । कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव फेला परेको छ ।
लालझाडी गाउँपालिका–१ स्थित उखुबारीमा दुई र पुनर्वास नगरपालिका–१०, दोदा नदीनजिक अर्का एक जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सडेको अवस्था भेटिएका ती शवको पहिचान हुन नसकेको जनाएको छ ।
शवको पहिचान हुन नसकेपछि प्रहरीले डिएनए गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार, डिएनएको नमुना संकलनका लागि चिकित्कको टोली बोलाइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया