बंगलादेशले पहिलो उपाधि जित्यो, नेपालले पाँचौपटक फाइनल गुमायो
काठमाडौं । घरेलु टोली नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि हात पारेको छ ।
काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न फाइनल खेलमा नेपाललाई ३ १ गोल अन्तरले हराउँदै बंगलादेशले पहिलो उपाधि जितेको हो ।
बंगलादेश यसअघि फाइनलमा एकपटक पराजित भएको थियो । बंगलादेशले सन् २०१६ मा भारतसँग उपाधि गुमाएको थियो ।
यससँगै नेपालले पाँचौपटक फाइनल गुमाएको हो । यसअघि नेपाल चारपटक भारतसँग फाइनलमा पराजित भएको थियो ।
सन् २०१०, २०१२, २०१४, २०१९ मा नेपाल उपाधिको नजिक पुगेर भारतसँग पराजित भएको हो ।
यसपटक भारतलाई सेमिफाइनलमा पराजित गरेको नेपालले उपाधि घरमै राख्ने आम अपेक्षा थियो । तर, बंगलादेशले पूरा गर्न दिएन । यससँगै नेपाल पहिलो उपाधि जित्ने सुनौलो मौकाबाट बञ्चित भएको छ ।
छैटौँ संस्करण महिला साफ च्याम्पियनसिप सकिँदा भारतले सर्वाधिक पाँचपटक जितेको छ ।
महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामा सीमित
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया