महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामा सीमित
काठमाडौं । नेपालमा जारी महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।
काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न फाइनल खेलमा घरेलु टोली नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।
खेलको १४ औँ मिनेटमै बंगलादेशले अग्रता लिएको थियो । सामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।
खेलको ४२ औँ मिनेटमा कृष्णारानी सरकारले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन् ।
दोस्रो हाफको ७० औँ मिनेटमा नेपालले खेलमा फर्कने प्रयास गर्यो । नेपालकी अनिता बस्नेतले गोल गर्दै खेल २-१ मा ल्याइन् ।
तर, बंगलादेश यतिमै रोकिएन । ७७ औँ मिनेटमा पुनः कृष्णारानीले गोल गरिन् । यसपछि बंगलादेशले खेल ३-१ ले जित्यो ।
यो महिला साफ च्याम्पियनसिपमा बंगलादेशले जितेको पहिलो उपाधि हो । हारसँगै नेपाल उपविजेतामा सीमित बनेको छ । नेपालले पाँचौपटक फाइनल गुमाएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया