नेपालले उपाधि नजितेपछि प्रशिक्षकले दिए राजीनामा
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएका छ ।
आज बंगलादेशसँग घरमै पराजित भएर उपाधिविमुख भएपछि उनले नैतिकताका आधारमा राजीनामा दिएको घोषणा गरेका हुन् ।
‘आफूले गर्न नसकेपछि त्यहीँ ओगटेर बस्नु हुँदैन, नयाँलाई मौका दिनुपर्छ,’ राजीनामा घोषणा गर्दै उनले भनेका छन् ।
भारतलाई सेमिफाइनलमा हराएपछि आम नेपालीले नेपालले उपाधि जित्ने अपेक्षा गरेका थिए । तर, नेपाल बंगलादेशसँग ३ १ गोल अन्तरले पराजित हुन पुग्यो ।
यससँगै नेपाल पाँचौपटक फाइनलमा पराजित भएको छ । महिला साफ च्याम्पियनसिपको उपाधि नेपालले जित्न सकेको छैन ।
बंगलादेशले पहिलो उपाधि जित्यो, नेपालले पाँचौपटक फाइनल गुमायो
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया