अमेरिकाले हस्तान्तरण गर्यो अन्तिम अफगान कैदी
काठमाडौं । संयुक्त राज्य अमेरिकाको ग्वान्टानामो बे कैँदी शिबिर (डिटेन्सन क्याम्प) बाट रिहा भएका अन्तिम अफगान कैदीलाई सोमबार अफगानिस्तानको तालिवान प्रशासनलाई हस्तान्तरण गरिएको अफगानिस्तचानको राज्य सञ्चालित समाचार संस्था बख्तरले जनाएको छ ।
“ग्वान्टानामो बेका अन्तिम अफगानी हाजी बशीर नुरजाईलाई रिहा गरिएको छ र उहाँलाई आज काबुल विमानस्थलमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानका अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ,” रिपोर्टमा भनिएको छ ।
क्युबाटापुमा रहेको अमेरिकी ग्वान्टानामो बे नौसैनिक शिबिरमा रहेको ग्वान्टानामो जेलमा १७ वर्षसम्म थुनिएका अन्तिम अफगानीमध्ये नुरजाई पनि एक भएको रिपोर्टमा उल्लेख छ ।
सन् २००१ मा अफगानिस्तानमा अमेरिकी नेतृत्वको सैन्य आक्रमणपछि कब्जामा लिएका सेनाले आतंकवादी सञ्जालसँग सहकार्य गरेको आरोपमा सयौं अफगानीलाई पक्राउ गरेका थिए र उनीहरूलाई वर्षौंसम्म ‘ग्वान्तानामो बे डिटेन्सन क्याम्प’मा राखेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया