फिलिपिन्समा कोरोनाबाट एकै दिन ३५ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्समा आइतबार मात्र दुई हजार तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।यहाँ केही दिनयता कम्तीमा पनि दुई हजार जनामा सो सङ्क्रमण देखिने गरेको बताइएको छ ।
यहाँको स्वास्थ्य विभागले आइतबार मात्र यो सङ्क्रमणबाट कम्तीमा पनि ३५ जनाको ज्यान गएको जनाएको छ ।
योसमेत गरेर यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्ममा कम्तीमा पनि ६२ हजार जनाको ज्यान गएको छ । यहाँ कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु बढेर २६ हजार भन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् । साथै यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेम्ममा ३९ लाखभन्दा बढी नागरिक सङ्क्रमित हुन पुगेका छन् ।
यहाँका ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप दिइएको पनि समाचरामा जनाइएको छ ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया