सन्दीप बचाऊँ अभियानको प्रस्ताव : दुवै पक्षलाई वार्तामा राखौं
काठमाडौं । एक १७ वर्ष ७ महिलाकी किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेको पक्षमा आवाज उठाइरहेको सन्दीप बचाऊँ अभियानले नयाँ प्रस्ताव अघि सारेको छ ।
अभियानका संयोजक मनीष सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई लगाइएको आरोप मिथ्या भएको दाबी गर्दै सरकारको मध्यस्थतामा दुवै पक्षले वार्ता गरेर यस घटनाको सफल अवतरण गर्न माग गरेका छन् ।
‘यही घटनाका आधारमा बाहिर आएको विवरणलाई नजिर मान्ने हो भने नेपालका जेलहरू भरिन सक्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजको संरचना नै बिग्रेर अराजकता र विद्रोहतिर समाज र युवा परिचालित हुन्छन् ।’
यस घटना मिलाउन सरकारले सबै दलका युवा नेता र राज्य संयन्त्रलाई परिचालन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाली क्रिकेटका ग्लोबल स्टारसमेत रहेका सन्दीपलाई कानुनी हिसाबले नाबालिग भनिएकी ती किशोरीले बलात्कारको आरोप लगाउँदै गत भदौं २० गते प्रहरीमा उजुरी दिएका थिइन् ।
सो वेला सन्दीप क्यारेबियन लिग खेल्न जमैकामा थिए । उजुरीका आधारमा नेपाल प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । त्यसपछि नेपाल आउँछु भन्ने जानकारी दिएका सन्दीप अहिलेसम्म अज्ञात छन् ।
सन्दीपलाई इन्टरपोलको सहयोगले पक्राउ गर्ने तयारीमा नेपाल प्रहरी
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया