सन्दीपलाई इन्टरपोलको सहयोगले पक्राउ गर्ने तयारीमा नेपाल प्रहरी
काठमाडौं । एक १७ वर्ष ७ महिनाकी किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलको सहयोग लिने तयारी गरेको छ ।
गत भदौ २३ मा सामाजिक सञ्जालमा लेख्दै आफू नेपाल फर्कने बताए पनि सन्दीप अझै आइपुगेका छैनन् । उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान)को पनि सम्पर्कमा नरहेको बताइएको छ ।
आफैं नआएकाले सन्दीपलाई इन्टरपोलको मद्दतले पक्राउ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।
जमैकामा रहेका सन्दीपले नेपाल आउने टिकट काटिसकेका थिए । तर, फेरि टिकट रद्द गरेर उनी गुमनाम रहेका छन् । उनी सिंगापुरमा रहेको बताइएको छ । तर, आधिकारिक पुष्टि भएको छैन ।
सन्दीपलाई आरोप लगाउने किशोरी नेपालको कानुनअनुसार नाबालिग हुन् । यदि, ती किशोरीसँग सन्दीपले सहमतिमै शारीरिक सम्बन्ध राखेको भए पनि उनी जेल जानुपर्ने हुन सक्छ ।
जमैकाबाट बेपत्ता भएका सन्दीप कहाँ के गर्दैछन् भन्नेबारे नयाँ खुलासा !
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया