राष्ट्रपतिबाट संविधानको घोर उल्लंघन भयो : वर्षमान पुन
काठमाडौं । पूर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानको घोर उल्लंघन भएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले आफ्ना नागरिकलाई राज्यबिहन बनाउन खोजेको उनले आरोप लगाएका छन् ।
‘सार्वभौम जनताको प्रतिनिधि संस्था संघीय संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता बिधेयक प्रमाणित नगर्नु संविधनको घोर उल्लंघन हो’, बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाउँदै लेखेका छन्, ‘आफ्ना नागरिकलाई राज्यबीहिन बनाउने आमनबीय कार्य हो /सचेत रहौं र संयमित बनौं /निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो ।’
संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) पास भएको विधेयक दोस्रोपटक पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सत्तागठबन्धनका नेताहरू आक्रोसित भएका छन् । विपक्षी एमालेले उक्त कदमको बचाए गरेको छ । संविधान अनुसार पहिलोपटक आफ्नो रायसहित विधेयक फिर्ता गर्न सक्ने भएपनि दोस्रोपटक फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया