बैंकहरुले दोर्याएर सार्वजनिक गर्न थाले ब्याजदर
काठमाडाैं । असोज महिनाको लागि सार्वजनिक गरेको ब्याजरमा बैंकहरुले पुन:दोर्याएर सार्वजनिक गर्न थालेथालेका छन् । केही बैंकहरुले ब्यजादर सार्वजनिक गर्दा दशमलवपछि ३ अंक राखेर सार्वजनिक गरेसँगै अहिले अधिकांश बैंकहरुले पनि उक्त ब्याजदरलाई अनुसरण गर्दै दोर्याएर ब्याजदर सार्वजनिक गरेका हुन् ।
प्रभु, हिमालयन, मेगा, लक्ष्मी, सिभिल, स्ट्यान्डर्ड चाटर्डलगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
गत भदौ ३१ धेरै बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरे तर केहि बैंकले भने दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरेका थिए । जसअनुसार केही बैंकले १२.१३३ प्रतिशतश ब्याजदर कायम गरेका थिए ।
अहिले बैंकिङ क्षेत्रमा तरलता अभाव छ । यस्तो परिस्थितिमा बैंकहरूले निक्षेप आफ्नो बैंकमा तान्न यस्तो गरेका हुन् भन्ने बुझ्न सकिन्छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया