बैंकहरुले दोर्याएर सार्वजनिक गर्न थाले ब्याजदर
काठमाडाैं । असोज महिनाको लागि सार्वजनिक गरेको ब्याजरमा बैंकहरुले पुन:दोर्याएर सार्वजनिक गर्न थालेथालेका छन् । केही बैंकहरुले ब्यजादर सार्वजनिक गर्दा दशमलवपछि ३ अंक राखेर सार्वजनिक गरेसँगै अहिले अधिकांश बैंकहरुले पनि उक्त ब्याजदरलाई अनुसरण गर्दै दोर्याएर ब्याजदर सार्वजनिक गरेका हुन् ।
प्रभु, हिमालयन, मेगा, लक्ष्मी, सिभिल, स्ट्यान्डर्ड चाटर्डलगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
गत भदौ ३१ धेरै बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरे तर केहि बैंकले भने दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरेका थिए । जसअनुसार केही बैंकले १२.१३३ प्रतिशतश ब्याजदर कायम गरेका थिए ।
अहिले बैंकिङ क्षेत्रमा तरलता अभाव छ । यस्तो परिस्थितिमा बैंकहरूले निक्षेप आफ्नो बैंकमा तान्न यस्तो गरेका हुन् भन्ने बुझ्न सकिन्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया