दक्षिण सुडानका विस्थापितलाई मानवीय सहायता उपलब्ध गराउन राष्ट्रसङ्घको आग्रह
एजेन्सी । मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सीले दक्षिण सुडानमा विस्थापित भएका नागरिकको सहयोगका लागि अपिल गरेको छ । सो देशमा रहेका मानवीय सहायतासम्बन्धी एजेन्सीहरुले यहाँका नागरिकमा पछिल्लो समयमा मानवीय सहायताको ठूलो खाँचो परेकाले सहयोगका लागि सो आग्रह गरेका हुन् ।
दक्षिण सुडानको अपर नाइल र जाङ्गेली राज्यमा यसरी विस्थापित हुनेहरुको ठूलो सङ्ख्या रहेकाले उनीहरुको सहयोगका लागि सो आग्रह गरिएको हो । सो क्षेत्रमा सहायताका वितरणका लागि जानसक्ने सुरक्षित मार्ग समेत नभएकाले सो कार्यका लागि यहाँ सहायता वितरण गरिरहेका अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुले पनि अपिल गरेका छन् ।
उनीहरुले यस देशमा विगत लामो समय देखिएको आन्तरिक द्वन्द्वका कारण दिन प्रतिदिन हजारौँ नागरिक विस्थापित भएको उनीहरुलाई मानवीय सहायताको खाँचो परिरहेको बताएका छन् ।
साथै पछिल्लो समयमा मानवीय सहायताको खाँचो परिरहेको क्षेत्रका नागरिकहरुसम्म पुग्न पनि सहायताकर्मीका लागि समस्या परेकाले यस विषयमा सोच्न सबै अन्तर्राष्टिय समुदाय र संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया