दक्षिण कोरियामा ४१ हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित थपिए

एजेन्सी । दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार मध्यरातीसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
यसैसँगै कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४५ लाख दुई हजार नौ सय ६८ जना पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा तीन जनाले घटेर ४९४ पुगेको छ ।
सङ्क्रमणको कारण ५९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैसँगै मृतकको सङ्ख्या २७ हजार नौ सय ५० पुगेको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको छ ।
ताजा अपडेट
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
-
क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै अटोचालक
-
कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने
प्रतिक्रिया