चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त, कहाँ को ?
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ का लागि तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले ७७ वटै जिल्लामा १६५ निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०४९ को दफा ८ बमोजिम जिल्ला न्यायाधीश तथा न्याय सेवाका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ ।
नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिँदैछ । यसबारेको विस्तृत जानकारी भने आफ्नो आधिकारिक वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतलाई नियुक्तिपत्र भने दिइएको छैन । आयोगका अनुसार, अभिखुमीकरण तालिममा सबैलाई नियुक्तिपत्र उपलब्ध गराइनेछ ।
हेर्नुहोस् को–को नियुक्त भए मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया