चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त, कहाँ को ?

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ का लागि तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले ७७ वटै जिल्लामा १६५ निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०४९ को दफा ८ बमोजिम जिल्ला न्यायाधीश तथा न्याय सेवाका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको आयोगले जनाएको छ ।
नियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिँदैछ । यसबारेको विस्तृत जानकारी भने आफ्नो आधिकारिक वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतलाई नियुक्तिपत्र भने दिइएको छैन । आयोगका अनुसार, अभिखुमीकरण तालिममा सबैलाई नियुक्तिपत्र उपलब्ध गराइनेछ ।
हेर्नुहोस् को–को नियुक्त भए मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया