मैत्रीपूर्ण खेलका लागि बंगलादेशको फुटबल टोली आज नेपाल आउँदै
काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज नेपाल आइपुग्ने भएको छ ।
बंगलादेशको टोली राति ९:१५ बजे नेपाल आइपुग्ने तालिका रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
नेपाल र बंगलादेशबीच असोज ११ गते काठमाडौंको दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ । यसका लागि नेपालका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले बिहीबार अन्तिम टोली घोषणा गरिसकेका छन् ।
यसअघि बिहीबार बंगलादेशले कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १–० ले विजयी भएको थियो ।
फिफा वरीयतामा बंगलादेश नेपालभन्दा पाँच स्थान माथि छ । नेपाल १७६ स्थानमा छ भने बंगलादेशको स्थान १५६ छ ।
बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा, दुईजना नयाँ अनुहार
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया