राष्ट्रिय टोलीमा नपरेकोमा नवयुगले पोखे असन्तुष्टि
काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीमा नपरेकोमा स्ट्राइकर नवयुग श्रेष्ठले असन्तुष्टि पाखेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत शुक्रबार असन्तुष्टि पाखेका हुन् ।
आफूमाथि चलखेल भएकाले आफूले राष्ट्रिय टोलीमा स्थान नबनाएको नवयुगको आरोप छ ।
फेसबुकमा उनले लेखेका छन्, ‘रोगको लक्षण : विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर । रोगको नाम : चलखेल ।’
१० सिनियर खेलाडीसँग विवाद भएपछि तत्कालीन विदेशी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नवयुगलाई कप्तान बनाएका थिए ।
झण्डै दुई महिनाअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अलमुताइरीको सट्टामा प्रदीप हुमागाईँलाई कार्यवाहक प्रशिक्षक तोकेको थियो । त्यसपछि अलमुताइरीले राजीनामा दिएका थिए ।
अलमुताइरीले हटाएका १० खेलाडीलाई समावेश गरेर हुमागाईँले यही असोज ११ गते हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली गठन गरेका छन् ।
त्यसमा अल्मुताइरीले कप्तान बनाएका नवयुगसँगै पुजन उपरकुटीलगायत खेलाडी समावेश छैनन् । यसैप्रति नवयुगले असन्तुष्टि पोखेका हुन् ।
बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा, दुईजना नयाँ अनुहार
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया