कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए
काठमाडौं – कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ सैनिक मारिएका छन्। मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।
त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ। त्यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ ।
यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ। त्यसक्रममा त्यहाँको सेना र केही विद्रोहीहरू घाइते भएका छन् । कंगोली सैनिकले केही दिनयतादेखि भिडन्त भएको बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १३:३६:००
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया