विदेशी मुद्रा ओसारपसार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले अनाधिकृत रुपमा परिवत्र्य विदेशी विनिमय अवैध रुपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले पुनले आठ हजार दुई सय ३० बराबरको यूरो अनाधकिृत रुपमा विदेश लैजान खोजेको आरोप लगाएको छ । पुन गत असार २४ गते काठमाडौंबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए । रुकुमपूर्व उत्तरगङ्गा–१० घर भई बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विमिनय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए ।
कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणा गरेको बाहेक पाँच हजार अमेकिरी डलर वा सो बराबरको परिवत्र्य मुद्रा मात्रै फिर्ता लैजान पाउने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खीलाप गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागले गत भदौ ३० गते पुनविरुद्ध मुद्दा दायर गरेको भए पनि आवश्यक प्रक्रिया पु-याउन समय लागेकाले आज विज्ञप्तिमार्फत जानकारी दिएको जनाएको छ । यस्तै विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार आरोपी पटेलले पनि ६ लाख ३५ हजार चार सय रुपैयाँ बराबरको विदेशी परिवत्र्य मुद्रा अनाधिकृत रुपमा विदेश लैजान खोजेको पाइएको छ । विभागले आरोपी पटेलले विदेश लैजान खोजेको रकम जफथ गरी जरीवाना समेत माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।
विभागले नवलपरासीको सरावल गाँउपालिका–३ का आनन्दप्रसाद कलवारविरुद्ध ४३ लाख ७४ हजार बराबरको बिगो दाबी गर्दै यही असोज ६ गते जिल्ला अदालत धादिङमा मुद्दा दायर गरेको छ ।
अस्थायी प्रहरी पोष्ट सिम्ले धादिङले कलवारलाई केही समय पहिले पक्राउ गरेको थियो । विभागले बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया