उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, २ सैनिकको मृत्यु
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको विस्फोटमा दुई सुरक्षाकर्मीको मृत्यु भएको सेनाले आइतबार जनाएको छ।
सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) द्वारा जारी विज्ञप्ति अनुसार शनिबार जिल्लाको ईशाम क्षेत्रमा इम्प्रोभाइज्ड विस्फोटक पदार्थ विस्फोट हुँदा दुई सैनिकको मृत्यु भएको थियो। दुवै मृतक सैनिकहरू देशको पूर्वी पञ्जाब प्रान्तका नागरिक रहेको पुष्टि भएको छ ।
आईएसपीआरका अनुसार त्यस क्षेत्रमा आतङ्कवादीविरुद्ध अपरेसन शुरु भएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया