अन्यायविरुद्धको आवाज ‘उठौं हामी सबै’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । विष्णुभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक सामाजवादी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य राजकुमार हिङमाङले सिर्जना गरेको नयाँ प्रगतिशील गीत ‘उठौं हामी सबै’ सार्वजनिक भएको छ ।
गीतको शव्द र संगीत पनि जात व्यवस्था उन्मुलन मोर्चाका संयोजकसमेत रहेका हिङमाङ आफैले सिर्जना गरेका हुन् । गीतको सामुहिक गायनमा हिङमाङ आफैँले समेत स्वर दिएका छन् ।
गीतमा सर्जक हिङमाङका अलावा पार्वती राई, शिवसंगम र मेनुका राईकाे स्वर रहेको छ ।
थाहायात्रा युट्युव च्यानलमार्फत हालै सार्वजनिक भएको यो गीत त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको हो ।
गीतको संगीत संयोजन शिवसंगम राईले गरेका छन् भने एरेन्ज-मिक्सको काम सुन्दर लामाले गरेका हुन् ।
गीतले वैज्ञानिक समाजवादी क्रान्ति यात्रामा सहभागी हुन महिलादेखि युवा–विद्यार्थी, मजदुर–किसान, दलित–जनजाति सबैलाई आव्हान गर्दै अन्याय, अत्याचार र
बेथितिविरुद्ध सबै एकजुट भएर अगाडि बढेमात्र सफलता हासिल गर्न सकिन्छ भन्ने भाव सिर्जना गरेको सर्जक हिङमाङले बताए ।
सँगै गीतले संसारभरीका सबै श्रमजीवीलाई समेत उनीहरूको आफ्नै वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि एकजुट हुनुपर्ने कुरामा जोड दिएको उनको भनाइ छ ।
हेरौं भिडियो :
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया