हिमाचलमा पर्यटक बोकेको मिनीबस खस्यो, ७ को मृत्यु, १० घाइते
काठमाडौं (एजेन्सी) । भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा आइतबार साँझ भएको सवारी दुर्घटनामा सात पर्यटकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । उनीहरू सबै मिनीबसमा सवार थिए ।
कुल्लु जिल्लाका एसपी गुरदेव सिंहले आइतबार राति ८ः३० बजे पर्यटक बोकेको मिनीबस दुर्घटना भएको बताए।
दुर्घटनाग्रस्त सवारीसाधनमा राजस्थान, मध्य प्रदेश, हरियाणा र दिल्लीका पर्यटक सवार थिए । उनीहरूमध्ये केहीको पहिचान हुन बाँकी छ ।
स्थानीयवासीले प्रहरी प्रशासनलाई राहत र उद्धार कार्यमा सहयोग गरेका छन् ।
दुर्घटनाग्रस्त गाडी अनियन्त्रित भई गहिरो खाडलमा खसेको छ । स्थानीय बिजेपी विधायक सुरेन्द्र शौरीले बिहान घटनास्थलबाट एउटा भिडियो अपलोड गरेका छन् जसमा उनले दुर्घटना कुल्लुको बंजार तहसीलमा भएको बताएका छन्।
घाइतेहरूलाई बञ्जरको अस्पतालमा लगिएको छ जहाँ प्राथमिक उपचारपछि केहीलाई कुल्लु जिल्ला अस्पतालमा पठाइएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया