आजदेखि सर्वसाधारणका लागि त्रिशूली देवी मन्दिर खुला

जलेश्वर । बडादसैँको घटस्थापनासँगै महोत्तरी जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवी मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ ।
प्रत्येक वर्ष केबल दसैँको १० दिन मात्रै यो मन्दिर खुला रहने गर्छ । घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा, अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए ।
बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको छ । यहाँको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । दसैँमा पुजारीले १० दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले जानकारी दिए ।
त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दसैँभरिमा त्रिशूली देवी मन्दिरमा हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा एकपटक मात्रै माताको दर्शन हुनेहुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया