बंगलादेशमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २४ पुग्यो
एजेन्सी । बंगलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।
स्थानीय सञ्चार माध्यमले सो डुंगा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । ‘आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ,‘ पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिए ।
उनले केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको तथा आइतबार रातिसम्ममा २४ जनाको शव भेटिएको जानकारी दिएका थिए । सो डुंगामा एक सय जना जति यात्रु रहेका बताइएको छ । अहिले पनि डुंगामा रहेका अरु १० देखि १२ जना जति यात्रु हराइरहेको प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजीका काम जारी राखिएको उनले बताए । डुंगाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया