बंगलादेशमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २४ पुग्यो
एजेन्सी । बंगलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको बंगलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।
स्थानीय सञ्चार माध्यमले सो डुंगा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । ‘आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ,‘ पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिए ।
उनले केही व्यक्ति हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको तथा आइतबार रातिसम्ममा २४ जनाको शव भेटिएको जानकारी दिएका थिए । सो डुंगामा एक सय जना जति यात्रु रहेका बताइएको छ । अहिले पनि डुंगामा रहेका अरु १० देखि १२ जना जति यात्रु हराइरहेको प्रहरी प्रमुखले जानकारी दिएका छन् ।
उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजीका काम जारी राखिएको उनले बताए । डुंगाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया