दुई सातामा वाणिज्य बैंकहरुमा थपियो ८७ अर्ब निक्षेप
काठमाडाैं । चाडपर्व नजिकिएसँगै बाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । चाडपर्वको समयमा विदेशबाट रेमिट्यान्स भित्रिदा बैंकहरूमा निक्षेप बढ्न थालेको हो ।
नेपाल बैंकर्स संघका अनुसार पछिल्ला दुई सातामा वाणिज्य बैंकहरुमा झण्डै ८७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोजको पहिलो सातामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ ।
गत साता वाणिज्य बैंकहरुमा २६ अर्ब १४ करोड निक्षेप थपिएको छ । त्यो भन्दा अधिल्लो साता ४५ अर्ब ५४ करोड निक्षेप थपिएको थियो । भदौको अन्तिम साता र असोजको पहिलो सातामा गरेर वाणिज्य बैंकहरुमा ८६ अर्ब ६८ करोड रुपैयाँ निक्षेप थपिएको छ । यसअवधिमा बैंकहरुले ६ अर्ब २० करोड मात्र कर्जा विस्तार गरेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया