फिलिपिन्समा ‘नोरू’ आँधी : आठ जनाको मृत्यु
एजेन्सी । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएको सरकारी निकायले मङ्गलबार जनाएको छ ।
राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको छ ।
नोरू आइतवार दिउँसो अवतरण गरेको केही घण्टापछि एजेन्सीले क्युजोन प्रान्तमा एक र जाम्बालेस प्रान्तमा दुईवटा आँधीका कारण थप तीन जनाको मृत्यु भएको जनाइएको छ ।
यस एजेन्सीले ती तीन जनाको कसरी मृत्यु भयो भन्ने विवरण भने दिएको छैन । एजेन्सीले मनिलाको दक्षिणपूर्वी बिकोल क्षेत्रमा थप तीनजना हराइरहेको बताएको छ ।
फिलिपिन्स विश्वव्यापी रुपमा सबैभन्दा प्रकोप–प्रवण देशहरूमध्ये एक हो । मुख्यतया प्यासिफिक रिङ्ग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण औसतमा, द्विपसमूह देशले वार्षिक २० टाइफुनहरु आउने गरेको पाइन्छ । यी मध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया