नेपाल भर्सेस बंगलादेश : ‘हेड टु हेड’मा को अगाडि ?
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज दक्षिण एसियाली चिरपरिचित प्रतिद्वन्दी बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाल र बंगलादेशबीचको खेल काठमाडौंको दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजार र ५ हजारको टिकट दर तोकेको छ ।
नेपाल र बंगलादेशबीचको खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।
फिफा वरीयतामा बंगलादेश नेपालभन्दा पाँच स्थान माथि छ । नेपाल १७६ स्थानमा छ भने बंगलादेशको स्थान १५६ छ ।
नेपाल र बंगलादेशले हालसम्म १३ वटा खेल खेलेका छन् । जसमा दुवैले ४–४ पटक जित हासिल गरेका छन् । पाँच खेल भने बरारबीमा सकिएको छ ।
बंगलादेशले नेपालविरुद्ध १० गोल गर्दा नेपालले १ गोल कम अर्थात ९ गोल गरेको छ ।
बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली घोषणा, दुईजना नयाँ अनुहार
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया