कोरोनाले त्रसित विश्वमा अर्को खतरा : नियोकोभले हरेक तीन बिरामीमध्ये एक जनाको मृत्यु हुनसक्ने चेतावनी
काठमाडौं । अहिले सारा विश्व कोरोना भाइरसको आतंकले थिलो थिलो बनिरहेको छ । आर्थिक देखि अन्य क्षेत्र पनि प्रभावित बनेका छन् । बेरोजगारीको दर निकै उच्च रहेको छ । साथै मानिसहरू कोरोना कहिले साम्य हुन्छ भन्ने चिन्तामा छन् ।
विश्वभर भ्याक्सिनेशनको काम तीव्र गतिमा चलिरहे पनि अहिलेसम्म कोरोना निमिट्यान्ह पार्न सकिएको छैन । बरु अझै नयाँ नयाँ भेरियन्टका रुपमा यसले मानिसलाई थला पारिरहेको छ ।
पहिलो, दोस्रो र तेस्रो लहरले आक्रान्त पारिरहेका बेला एक अर्को खबरले थप चिन्ता बढाएको छ । ओमिक्रोनपछि नयाँ भेरियन्ट नियोकोभले पूरै विश्वलाई चिन्तित बनाएको छ । कोरोनाको सुरुवात भएको चीनको वुहानका वैज्ञानिकले नियोकोभलाई लिएर चेतावनी जारी गरेका छन् ।
वैज्ञानिकका अनुसार यो भेरियन्ट दक्षिण अफ्रिकामा फेला परेको हो । यसको संक्रमण मात्रै होइन, मृत्युदर पनि अहिलेसम्मकै भयानक हुनसक्ने चेतावनी दिइएको छ । यहाँसम्म कि हरेक तीन जना संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्ने बताइएको छ ।
वुहान सहर नै हो, जहाँ २०२० को सुरुवातमै कोरोना महामारी फैलिएको थियो । रुसको समाचार संस्था स्पुतनिकका अनुसार यो भेरियन्ट नयाँ भने होइन । यो भेरियन्ट मर्स कोभ भाइरसँग सम्बन्धित छ । सबैभन्दा पहिले २०१२ र २०१५ मा पश्चिम एशियाली देशमा यसका संक्रमित भेटिएका थिए ।
दक्षिण अफ्रिकामा नियोकोभ भेरियन्ट चमेरामा देखिएको छ । पहिले अन्य पशुमा देखिएको यो भेरियन्ट मानिसमा सर्नसक्ने खतरा पनि उत्तिकै रहेको वैज्ञानिकले चेतावनी दिएका छन् ।
वायोरिक्सभ वेबसाइटमा प्रकाशित अध्ययनअनुसार नियोकोभ र यससँग जोडिएको पीडीएफ–२१८०–कोभ मानिसमा संक्रमण हुनसक्ने सम्भावना बढी छ ।
वुहान विश्वविद्यालय र चाइना एकेडेमी अफ साइन्सेजका शोधकर्ताका अनुसार यो नयाँ कोरोना भाइरसलाई मानिसको कोशिकामा संक्रमित गर्नका लागि मात्र एक म्यूटेशनको आवश्यकता छ ।
यता रुसको भाइरोलोजी र वायोटेक्नोलाजी विभागले भनेको छ, ‘तत्काल यसको संक्रमण मानिसमा फैलिएको छैन । तर, यसको जोखिम र क्षमतालाई भने कमजोर आँक्न हुँदैन ।’
साथै ओमिक्रोनको सव–स्ट्रेनले पनि विश्वभर सबैमा चिन्ता बढाएको छ । ओमिक्रोनको सव–भेरियन्टलाई आरटी–पिसिआरले पनि पहिचान गर्न सकिरहेको छैन ।
अहिलेसम्म यो नयाँ सव–भेरियन्ट ४० देशमा फैलिएको छ । यो भेरियन्टले तीव्र गतिमा पूरै विश्वलाई नै चपेटामा लिनसक्ने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १५:५०:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया