चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । असोज २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने दिपक मनाङ्गे, अमला देवी राई र जयश श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल रहेका छन् ।
सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत रहेको चलचित्रमा सौगात मल्ल र दयाहाङ राईबिचको मित्रतालाई देखाइएको छ ।
यी दुई मुख्य कलाकारबाहेक चलचित्रमा उपासना सिंह ठकुरी, युगेन छोदेन, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामाको समेत अभिनय देख्न सकिन्छ । चलचित्रको ट्रेलर बुडासुब्बा डिजिटलमार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया