दक्षिण कोरियामा ३६ हजारभन्दा बढीमा काेराेना संक्रमण

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ३६ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीले मङगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३६ हजार एक सय ५९ संक्रमित भएका हुन् ।
योसँगै दक्षिण कोरियामा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या दुई करोड ४७ लाख नौ हजार सात सय ८९ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
दैनिक संक्रमितको सङ्ख्या एक दिनअघिको केही मात्रमा घटेको बताइएको छ । अघिल्लो दिन ३९ हजार चार सय २५ संक्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक संक्रमितको सङ्ख्या २९ हजार पाँच सय ६९ रहेको थियो ।
अहिले संक्रमित अवस्थामै रहेकामध्ये तीन सय ७५ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा २६ जनाले कम भएको छ ।
दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोरानाका कारण कुल मृतकको सङ्ख्या २८ हजार तीन सय १८ पुगेको छ ।
विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दासमेत दक्षिण कोरियामा भने फैलिइरहेको छ । महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्णरुपमा नियन्त्रण गर्न असफल भएको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया